• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिता आयोजना

महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिता आयोजना

  • आइतवार, माघ १३, २०८१
महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिता आयोजना

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’ आयोजना गरेको छ । प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम भएका छन् । उनले २० हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारेका छन् । यसैगरी प्रतियोगामा शौरभ बज्राचार्य दोस्रो भएका छन् । उनले १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारे । तेस्रो हुनेमा पारसराज बज्राचार्य रहेका छन् । उनले १० हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।

पब्लिक च्वाइसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जितेका छन् । उनले ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारे । बैंकका अनुसार काठमाडौंको दरबारमार्गमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट १५ फोटोग्राफरलाई पनि प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ ।

१९ अगस्टमा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरू खिचेर पठाउनुपर्ने नियम अनुसार विभिन्न फोटोग्राफरहरू मार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरू मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए ।

प्रतियोगिताको मूल्यांकनका लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्वीरहरू छानिएको थियो । यस्ता कार्यबाट स्थानीय व्यवसाय, उद्यमशीलता, स्थानीय कलाको प्रवर्द्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार