• होमपेज
  • वाणिज्य बैंक
  • प्रधानमन्त्री उद्धार कोषमा एनएमबि बैंकको रु. ५१ लाख सहयोग

प्रधानमन्त्री उद्धार कोषमा एनएमबि बैंकको रु. ५१ लाख सहयोग

  • आइतवार, अशोज २०, २०८१
प्रधानमन्त्री उद्धार कोषमा एनएमबि बैंकको रु. ५१ लाख सहयोग

एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ ।
उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ ।

बैंकका उच्च पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका बैंकले एक विज्ञप्तिमार्फत जनाएकोछ ।

बाढीपहिरोबाट प्रभावित समुदायहरुलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो । साथै, यस चुनौतिपूर्ण समयमा दैवी प्रकोपबाट प्रभावित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार