• होमपेज
  • प्रविधि
  • डिशहोम इन्टरनेट जोड्दा वार्षिक रिचार्ज र ३ महिना बोनस

डिशहोम इन्टरनेट जोड्दा वार्षिक रिचार्ज र ३ महिना बोनस

  • बुधबार, अशोज २, २०८१
डिशहोम इन्टरनेट जोड्दा वार्षिक रिचार्ज र ३ महिना बोनस

डिशहोमले दसैं, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुका लागि ‘खुसीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ । डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले ‘खुसीको सेलिब्रेसन’ योजना अन्तर्गत २ सय तथा ३ सय एमबिपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको हो ।

यस ‘खुसीको सेलिब्रेसन’ योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाई वा हटलाईन नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सक्ने बताइएको छ ।

स्थापनाको छोटो अवधिमै साढे तीन लाखभन्दा बढी ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिशहोम इन्टरनेट ग्राहकहरुको प्रमुख रोजाइमा पर्ने गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार