• होमपेज
  • वाणिज्य बैंक
  • लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

  • आइतवार, भदौ ३०, २०८१
लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइन बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना भएको छ ।  उक्त अवसरमा काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको हो ।

तालिम प्रदान गरिएका विद्यालयहरु (क्रमशः) गान्धीआदर्श माध्यमिक विद्यालय(कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौ), श्री सिद्धि मंगल माध्यमिक विद्यालय(महालक्ष्मी नगरपालिका ललितपुर) र आदर्श माध्यमिक विद्यालय (सानोठिमी भक्तपुर) रहेका छन् । उक्त तालिम भदौ २५ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानअध्यापकहरु, सहायक प्रधानअध्यापकहरु,शिक्षकहरुलगायत लक्ष्मी सनराइज बैंकका शाखा प्रमुखहरुको उपस्थितीमा उक्त तालिम सञ्चालन गरिएको थियो ।  गान्धीआदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गया प्रसाद उपाध्यायले यस्ता सुरक्षा सम्बन्धी ज्ञानवर्दक सिकाईलाई विद्यालय पाठ्यक्रममा समावेश गराइए यस्को प्रभावकारिता अझ बढ्ने बताए ।

यसैगरी, श्री सिद्धि मंगल माध्यमिक विद्यालय ललितपुरका प्रधानअध्यापक मीनबहादुर अछामीले उक्त तालिमबाट सिकेका सीपहरु शिक्षकमार्फत अन्य विद्यार्थीहरुलाई सिकाईने बताए । साथै, उनले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी दिनहरुमा समेत तालिम प्रदान गरिने प्रतिवद्धता व्यक्त गरे । यस प्रकारको प्रशिक्षण सबैलाई आवश्यक रहेको र विद्यार्थी लगायतशिक्षकहरुलाई समेत दिन सके यसले संरक्षित बातावरणमा पठन पाठनमा सहयोग पुर्याउने कुरा गान्धीआदर्श माध्यमिक विद्यालयको कक्षा ११ र १२ कक्षाकी संयोजक बन्दना घिमिरेको भनाई रहेको थियो । यस प्रकारका प्रशिक्षणहरु अत्यन्त आवश्यक रहेकाले निरन्र्तताका लागि आदर्श माध्यमिक विद्यालयका प्रधानअध्यापक रामबाबु रेग्मीले आग्रह गरे ।

उक्त तालिमका प्रमुख प्रशिक्षक किड पावर अन्र्तराष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले गरेका थिए भने किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार