• होमपेज
  • अटो
  • टीभीएसले ल्यायो एफआई इन्जिनयुक्त बाइक र स्कुटर, मूल्य २ लाख ९२ हजार ९०० सम्म

टीभीएसले ल्यायो एफआई इन्जिनयुक्त बाइक र स्कुटर, मूल्य २ लाख ९२ हजार ९०० सम्म

  • बिहिबार, भदौ २७, २०८१
टीभीएसले ल्यायो एफआई इन्जिनयुक्त बाइक र स्कुटर, मूल्य २ लाख ९२ हजार ९०० सम्म

टीभीएसले नेपाली बजारमा आफ्नो अपडेटेड फ्युल इन्जेक्ट(एफआई) इन्जिनका नयाँ बाइक र स्कुटर ल्याएको छ। टीभीएसका बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बिहीबार एफआई इन्जिनयुक्त २ वटा बाइक र एउटा स्कुटर सार्वजनिक गरेको हो।

कम्पनीले सार्वजनिक गरेका बाइकमा रेडर र रेडियन छन् भने स्कुटरमा एनटर्क मोडल हो। बाइक र स्कुटर बजारमा इन्ट्री लेभलका प्रयोगकर्तालाई लक्षित छ।

नयाँ रेडरको मूल्य २ लाख ९२ हजार ९०० र रेडियन बाइकको मूल्य २ लाख ३६ हजार ९०० रुपैयाँ तोकिएको छ। नयाँ एनटर्क स्कुटरको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

यी सबै बाइक तथा स्कुटरमा बीएस-सिक्स मापदण्डमा आधारित एफआईयुक्त इन्जिन छ। एफआई इन्जिनयुक्त बाइक र स्कुटरमा तेलको खपत कम हुन्छ।

एनटर्क स्कुटरले स्पोर्टी डिजाइनलाई स्मार्ट फिचरहरुसँग कनेक्ट गर्न खोजेको छ। यसमा सुपेरियर थ्रोटल रेस्पोन्स र एक्सिलेरेसन राम्रो छ। यसका धेरै भेरियन्ट नेपाली बजारमा यसअघि नै आइसकेका छन्।

Facebook Comments

सम्बन्धित समाचार