• होमपेज
  • वाणिज्य बैंक
  • मोरङको कञ्चनबारीमा एनआईएमबीको नयाँ शाखा विस्तार

मोरङको कञ्चनबारीमा एनआईएमबीको नयाँ शाखा विस्तार

  • बिहिबार, भदौ २७, २०८१
मोरङको कञ्चनबारीमा एनआईएमबीको नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) ले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो । यो शाखासहित बैंकको शाखा संख्या २ सय ७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

हाल बैंकका २ सय ७३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २ सय ६६ वटा एटीएम छन् ।

Facebook Comments

सम्बन्धित समाचार