• होमपेज
  • बीमा
  • नेशनल लाइफ सिन्धुली शाखाद्वारा बीमा दावी भुक्तानी

नेशनल लाइफ सिन्धुली शाखाद्वारा बीमा दावी भुक्तानी

  • बिहिबार, भदौ ६, २०८१
नेशनल लाइफ सिन्धुली शाखाद्वारा बीमा दावी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी बीमा दावी वापतको बीमा करिव दुई लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमित सुदिप घर्तिमगरकी आमालाई बीमा दावी वापतको एक लाख ८३ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । दावी कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिकर्ता र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सिन्धुली शाखा प्रमुख श्रेष्ठले स्वर्गित बीमितप्रति हार्दिक समवेदना प्रकट गर्दै बीमितको परिवारलाई सक्दो चाडो बीमा दावी भुक्तानी दिएको बताए । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार