• होमपेज
  • रेमिटेन्स
  • आईएमईका सीईओ पौडेलले सम्हाले कार्यभार

आईएमईका सीईओ पौडेलले सम्हाले कार्यभार

  • बिहिबार, साउन ३१, २०८१
आईएमईका सीईओ पौडेलले सम्हाले कार्यभार

आईएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । मर्जरपछि आईएमई  र जीएमई रेमिटले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेसँगै पौडेलले कार्यभार सम्हालेका हुन् । जीएमई रेमिटको  स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलसँग रेमिट्यान्स क्षेत्रमा २५ वर्ष काम गरेको अनुभव छ । जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिट्यान्स सेवा प्रदान गर्न थप योगदान दिने बताए ।

समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाई थप तीव्रता दिने उनले बताए । डिजिटल रेमिट्यान्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र  डिजिटल रेमिट्यान्स तर्फको रुपान्तरणले आईएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने उनको प्रतिबद्धता छ । यसैगरी रेमिट्यान्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने र रेमिट्यान्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सृजनामा योगदानका लागि तत्पर रहने उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार