• होमपेज
  • विकास बैंक
  • लक्जरी गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकले कर्जा दिने

लक्जरी गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकले कर्जा दिने

  • सोमवार, साउन २८, २०८१
लक्जरी गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकले कर्जा दिने

महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेशनल प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत इन्टरनेशनल प्रालिबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकमार्फत टेस्ला, अडी तथा पोर्शजस्ता लक्जरी ब्रान्डका गाडी खरिदका लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गरिने बैंकले जनाएको हो ।

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

 

Facebook Comments

सम्बन्धित समाचार