• होमपेज
  • बीमा
  • हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ भव्य रुपमा सम्पन्न, सर्वोत्कृष्ट अभिकर्ता सम्मानित

हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ भव्य रुपमा सम्पन्न, सर्वोत्कृष्ट अभिकर्ता सम्मानित

  • सोमवार, साउन २१, २०८१
हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ भव्य रुपमा सम्पन्न, सर्वोत्कृष्ट अभिकर्ता सम्मानित

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले पोखराको होटल ग्राण्डीमा शनीबारका दिन ७० जना अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न बिधा अन्तर्गत उत्कृष्ठ कारोबार गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि उक्त कार्यक्रम गरेको कम्पनीले जानकारी दिएको छ । यस अवधिमा टिम, व्यक्तिगत कोडमा सर्बाधिक कारोबार गर्ने र सबैभन्दा बढी बीमा पोलिसी बिक्री गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले अभिकर्ताहरुको कडा, मिहिनेत र व्यवसायका कारण कम्पनी व्यवसायिक रुपले बलियो बन्दै गएको बताएका छन् । उनले बीमा व्यवसायमा अभिकर्ताहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको भन्दै विभिन्न विधामा उत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई सम्मान र हौसला दिएका छन् ।

सोही कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न क्षमता अभिवृद्धि तालिम, भ्रमण लगायताका कुरालाई जोड दिनुपर्ने बताए । उनले अभिकर्ताहरुलाई सक्रिय बनाउन कम्पनीले आफ्नो तर्फबाट शतप्रतिशत दिएको समेत जिकिर गरेका हुन् ।

कार्यक्रममा कम्पनीका सीईओ मनोज कुमार लाल कर्ण, डिसीईओ कपिल कुमार दाहाल, उच्च व्यवस्थापकीय कर्मचारी र विभिन्न बिधामा सर्बोत्कृष्ट व्यवसाय गर्न सफल ७० जनाको सहभागितामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कम्पनीका सूचना अधिकारी कपिल कुमार दाहालले जानकारी दिए ।

गत आर्थिक वर्षको अवधिमा व्यक्तिगत कोडबाट सर्बोत्कृष्ट व्यवसाय गर्न सफल भएका एजेन्सी बिक्रम उदासले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन् । साथै उनले भने, ‘कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले दिएको यो सम्मान र हौसलाले आगामी दिनमा अझै बढी व्यवसाय गर्न मद्दत पुग्ने विश्वास लिएको छु।’

Facebook Comments

सम्बन्धित समाचार