• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकका ग्राहकले मर्सी सिटी अस्पतालमा आकर्षक छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले मर्सी सिटी अस्पतालमा आकर्षक छुट पाउने

  • बिहिबार, साउन ३, २०८१
सिटिजन्स बैंकका ग्राहकले मर्सी सिटी अस्पतालमा आकर्षक छुट पाउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र मैत्रिपथ, बुटवलस्थित मर्सी सिटी अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी सिटि अस्पतालमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम., ३ विस्तारित काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार