• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आईएमई बैंकले ८% ब्याज पाइने ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

ग्लोबल आईएमई बैंकले ८% ब्याज पाइने ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

  • बिहिबार, साउन ३, २०८१
ग्लोबल आईएमई बैंकले ८% ब्याज पाइने ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।
बैंकले “८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको हो ।

बैंकको प्रतिकित्ता एकहजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार