• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले क्रस डेन्टल क्लिनिकमा छुट पाउने

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले क्रस डेन्टल क्लिनिकमा छुट पाउने

  • शुक्रबार, असार २८, २०८१
सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले क्रस डेन्टल क्लिनिकमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ग्वार्को, काठमाण्डौस्थित ब्लु क्रस डेन्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा एटीएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार