हिमालयन लाइफको लेखनाथ शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले ५ लाख ३० हजार ९१ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । भरतपोखरी १ कास्की स्थायी ठेगाना भएकी स्व.प्यारीमाया गुरुङको छोरी ममता गुरुङलाई बीमा दाबी वापत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
उनले पाँच वर्ष अगाडी बीमाङ्क रकम ५ लाख रुपैयाँको बीमा हिमालयन लाइफमा गरेकी थिइन् । उनको मृत्यु भएपछि कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो ।