• होमपेज
  • वाणिज्य बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंक र विभागबीच सम्झौता, घरजग्गा रोक्का/फुकुवा अब अनलाइनबाटै

सांग्रिला डेभलपमेन्ट बैंक र विभागबीच सम्झौता, घरजग्गा रोक्का/फुकुवा अब अनलाइनबाटै

  • सोमवार, असार २४, २०८१
सांग्रिला डेभलपमेन्ट बैंक र विभागबीच सम्झौता, घरजग्गा रोक्का/फुकुवा अब अनलाइनबाटै

सांग्रिला डेभलपमेन्ट बैंकलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले धितो बन्धक रोक्का/रोक्का फुकुवा सेवा अनलाइन प्रणालीमार्फत दिने भएको छ। अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा बैंक र विभागबीच सोमबार समझदारी भएको छ।

समझदारीपत्रमा सोमबार बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरे।

विभागका महानिर्देशक सापकोटाले अनलाइनमार्फत घरजग्गा रोक्का/रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अनलाइन प्रणालीमार्फत रोक्का/रोक्का फुकुवा गर्दा सेवा सहज हुनुका साथै किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको समस्या समाधानमा सहयोग पुग्ने बताए।

Facebook Comments

सम्बन्धित समाचार