नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
असार १८ गते मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच भएको सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका थिए ।
नयाँ सम्झौता अनुसार काठमाडौं महानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक/कर्मचारीहरूले नेपाल बैंक लिमिटेडका सबै शाखाबाट छुटसहित आकर्षक बैंकिङ सेवा सुविधासहित तलबी बचत खाता खोल्न पाउनेछन् । जस अनुसार उनीहरुले नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ ।