• होमपेज
  • विकास बैंक
  • शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक

शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक

  • बिहिबार, असार १३, २०८१
शून्य मौज्दातका निष्क्रिय खाता बन्द गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंक लिमिटेडले निष्क्रिय खाताहरू बन्द गर्ने भएको छ । बैंकले १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका बैंक खाताहरू बन्द गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले शून्य मौज्दातका निष्क्रिय बैंक खाताहरू सार्वजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्ने प्रावधान गरेको छ । सोही प्रावधानअनुसार बैंकले बिहीबार एक सूचना प्रकाशित गरी निष्क्रिय खाता बन्द गर्न लागिएको जनाएको हो । बैंकले त्यस्ता खातावाला ग्राहकलाई आफ्नो खातामा न्यूनतम मौज्दात जम्मा गरी खाता अद्यावधिक गर्न आग्रह समेत गरेको छ । १५ दिनभित्र निष्क्रिय खाता अद्यावधिक नभएमा बन्द गरिने सूचनामा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार