• होमपेज
  • बीमा
  • सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

  • बुधबार, असार १२, २०८१
सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई सिलिङ पंखा हस्तान्तरण गरेको छ । कम्पनीले लक्ष्मीनिया गाउँपालिका धनुषामा वडा अध्यक्ष गंगा शाहको आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी श्री लक्षमीनियाँ जनता माध्यमिक विद्यालय कुम्हरौडालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा गाउँपालिका नि.प्रमुख प्रशासकिय अधिकृत, अभिभावक, शिक्षक र कम्पनीमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । तराइमा अत्याधिक गर्मीयाममा सामुदायिक विद्यालयको पठन पाठनमा सहयोग पुग्ने उद्देश्यका साथ उक्त सहयोग प्रदान गरेको कम्पनीले जनाएको छ ।

उक्त सिलिङ पंखा १६ थान कम्पनीका प्रदेश प्रमुख नबराज चौधरीले विद्यालयका प्र.अ.दिपक कुमार झालाइ हस्तान्तरण गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार