• होमपेज
  • अर्थ/वाणिज्य
  • साउनदेखि ‘एनएफआरएस-९’ लागू, कार्यान्वयनका लागि विकास बैंकहरु तयार हुँदै

साउनदेखि ‘एनएफआरएस-९’ लागू, कार्यान्वयनका लागि विकास बैंकहरु तयार हुँदै

  • बुधबार, असार १२, २०८१
साउनदेखि ‘एनएफआरएस-९’ लागू, कार्यान्वयनका लागि विकास बैंकहरु तयार हुँदै

डेभलपमेण्ट बैंकर्स एसोसियसन नेपालले आफ्ना सदस्य बैंकले ‘एनएफआरएस-९’ कार्यान्वयनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको बताएको छ। एसोसिएसनले अधिकांश विकास बैंकले ‘एनएफआरएस-९ इम्प्लिमेन्टेसन सोल्युसन्स’ खरिद गरेर कार्यान्वयन गर्न आवश्यक तयारी थालिसकेको बताएको हो। असारभित्र तयारी पूरा गरिसक्ने एसीसिएसनको भनाइ छ।

आगामी आर्थिक वर्षबाट ‘एनएफआरएस-९’ लागू गरिंदैछ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त सबैका लागि लागू हुने गरी गत जेठ २ गते यस सम्बन्धी मार्गदर्शन जारी गरिसकेको छ।

एनएफआरएस-९ मा कर्जा जोखिम व्यवस्थापन गर्नका लागि अपनाइने विधि र कार्य समेटिएको हुन्छ। यसलाई कार्यान्वयन गर्दा अनुमानित कर्जा जोखिम र त्यसबाट हुन सक्ने नोक्सानीको गणना गर्न सहज हुन्छ।

एनएफआरएस-९ लागू गर्न एसोसियसनले यसअघि श्रीलंकाबाट सहजकर्ता बोलाइ आफ्ना सदस्य बैंकका उच्च कार्यकारी, सम्बन्धित विभागीय प्रमुख र कर्मचारीलाई २ पटक तालिम दिइसकेको छ।

‘एनएफआरएस-९’ कार्यान्वयन गरेपछि संभावित कर्जा नोक्सानीको गणना र उक्त संभावित नोक्सानी खाम्नका लागि गरिने कर्जा नोक्सानी व्यवस्था थप यथार्थपरक हुने भएकाले सदस्य बैंकहरुलाई कर्जा जोखिम व्यवस्थापन गर्न सहज हुने एसोसिएसनको विश्वास छ।

Facebook Comments

सम्बन्धित समाचार