• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माध्यमिक विद्यालयलाई सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माध्यमिक विद्यालयलाई सहयोग प्रदान

  • बुधबार, असार १२, २०८१
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माध्यमिक विद्यालयलाई सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुदूरपश्चिम प्रदेश,बझाङ गोलाईमा अवस्थित बालविकास माध्यमिक विद्यालयलाई पुनःर्निर्माण को लागी रु १ लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।
गत असोजमा गएको बिनाशकारी भुकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा अांशिक रुपमा क्षति ग्रस्त भएका र यसले गर्दा पठनपाठनमा समेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि सो सहयोग उपलब्ध गराएको हो । बैंकको यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ । कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिब ३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

सिटिजन्स बैंले देशैभरी फैलिएका आफ्ना १९२ वटा शाखा, १५५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार