• होमपेज
  • बीमा
  • नेशनल लाइफद्वारा बीमित राईको परिवारलाई डेढ करोड रुपैयाँको दावी भुक्तानी

नेशनल लाइफद्वारा बीमित राईको परिवारलाई डेढ करोड रुपैयाँको दावी भुक्तानी

  • सोमवार, असार १०, २०८१
नेशनल लाइफद्वारा बीमित राईको परिवारलाई डेढ करोड रुपैयाँको दावी भुक्तानी

नेशनल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले भण्डै डेढ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कोशी प्रदेश कार्यालयले स्वर्गिय बीमित साइमन राईको परिवारलाई दावी वापत कुल एक करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीमा इटहरीका बीमित स्वर्गिय राईले ५० लाख रुपैयाँ बिमांक भएको अमृत वर्षा जीवन बीमा गरेका थिए । कम्पनीका अनुसार उनले वार्षिक ६ लाख २९ हजार रुपैयाँका दरले ५ वटा किस्ता बुझाईसकेका थिए । यसैबीचमा बीमित राईलाई घातक रोग (क्यान्सर) लागेपश्चात उपचार खर्च वापत ५० लाख रुपैयाँ र बीमा योजनाको सर्त अनुसार अग्रिम भुक्तानी १६ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

उपचारको क्रममा २०८० चैत १६ गते बीमित राईको निधन भएपश्चात कम्पनीले मृत्युदावी वापत ६३ लाख ६५ हजार रुपैयाँको दावी भुक्तानी हस्तान्तरण गरेको छ । उक्त बीमा दावी वापतको रकम कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले बीमितकी श्रीमती जापान माया राईलाई हस्तान्तरण गरेका हुन् ।

बीमा दावी भुक्तानी कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले बीमा भनेको सुरक्षाको व्यापार भएको बताएका छन् । साथै, उनले आम नागरिकहरुलाई बीमा गर्न आह्वान गर्र्दै केही हुँदा पनि केही नहुँदा पनि बीमा एकदमै आवश्यक रहेको जिकीर गरेका छन् ।

बीमा दावी हस्तान्तरण कार्यक्रममा बीमितकी श्रीमती जापान माया राई, बीमितकी छोरी, कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राई र इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ रहेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार