• होमपेज
  • बीमा
  • शिखर इन्स्योरेन्सद्वारा धनगढीमा नमुना विद्यालयका बालबालिकाका लागि १३ लाख सहयोग

शिखर इन्स्योरेन्सद्वारा धनगढीमा नमुना विद्यालयका बालबालिकाका लागि १३ लाख सहयोग

  • बिहिबार, असार ६, २०८१
शिखर इन्स्योरेन्सद्वारा धनगढीमा नमुना विद्यालयका बालबालिकाका लागि १३ लाख सहयोग

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा सहयोग गरेको छ । उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो ।

नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगरप्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा उक्त रकम सहयोग गरिएको हो ।

कम्पनीका प्रदेश प्रमुख डिल्लिराज शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिव, न्यून आय भएका तथा जेहेनदार विद्यार्थीहरुको सहायताको लागि उक्त रकम धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार