• होमपेज
  • देश
  • सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘सिद्धार्थ रिवार्डस’ योजना

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘सिद्धार्थ रिवार्डस’ योजना

  • बिहिबार, असार ६, २०८१
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘सिद्धार्थ रिवार्डस’ योजना

सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । नक्सालमा रहेको बैंकको प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सो योजना सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले नयाँ योजना सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात भएको बताए । नयाँ योजनाले ग्राहकको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर नवीनतम सेवा प्रदान गर्न आफूहरू केन्द्रित रहेको बताए । सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैकिङ गरिने भुक्तानीको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्ने बैंकले जनाएको छ ।

रिवार्डस पोइन्टलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा, इन्टरनेट बिल पेमेन्ट लगायत सेवा लिए बापतको भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार