• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेन्टबीच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेन्टबीच विशेष छुट सम्झौता

  • बिहिबार, असार ६, २०८१
प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेन्टबीच विशेष छुट सम्झौता

प्रभु बैंकले बन्दिपुरका विभिन्न ९ वटा होटल तथा रेष्टुरेन्टटसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले बन्दिपुर ईको होटल प्रालि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चाखाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लजसँग आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।
गत जेठ १५ गते छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटल प्रालिको तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चाखाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रालिका निर्देशक बिश्वप्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबि शान्तिपिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दापिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेण्टमा उपलब्ध सेवाहरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहललगायतका सेवाहरुमा ५ देखि देखि २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । साथै, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंकले नेपालभर रहेका ३०६ शाखा कार्यलयहरु, २८६ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार