• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकद्वारा पोखराको पुष्करणी परोपकार गोकुलधाम र बाग्लुङको बसन्त माविलाई सहयोग

माछापुच्छ्रे बैंकद्वारा पोखराको पुष्करणी परोपकार गोकुलधाम र बाग्लुङको बसन्त माविलाई सहयोग

  • बुधबार, असार ५, २०८१
माछापुच्छ्रे बैंकद्वारा पोखराको पुष्करणी परोपकार गोकुलधाम र बाग्लुङको बसन्त माविलाई सहयोग

माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ ।  बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशुचौपाया र विशेषगरी नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण एवम् व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।

छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनिकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षाका लागि बैंकले सो सहयोग गरेको हो।

असार ४ गते मंगलबारका दिन आयोजित कार्यक्रमका बीच माछापुच्छ्रे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरेका थिए ।

यसैगरी, बैंकले बाग्लुङ्ग जिल्लास्थित जैमीनी नगरपालिकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको छ ।

आर्थिक स्रोतको अभावका कारण निर्माणाधीन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आइरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

असार ५ गते बुधबारका दिन बैंक सञ्चालक समिति सदस्य बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त पूर्वाधार बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार