• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकको नयाँ शाखा धादिङको गजुरी र धार्केमा

सिटिजन्स बैंकको नयाँ शाखा धादिङको गजुरी र धार्केमा

  • बुधबार, असार ५, २०८१
सिटिजन्स बैंकको नयाँ शाखा धादिङको गजुरी र धार्केमा

सिटिजन्स बैंकले धादिङको गजुरी र धार्केमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। १९१औं र १९२औं शाखा संचालनमा ल्याएसँगै वाग्मती प्रदेशमा बैंकको शाखा सञ्जाल ५४ पुगेको छ।

गजुरी र धार्केमा बुधबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्‍याउने क्रममा धादिङबासीहरुको सेवामा आफूहरु आइपुगेको प्रतिक्रिया दिएका छन्। उनले आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुविधा सम्पन्न यी शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा पाउने बैंकले जनाएको छ। यसका साथै साना तथा कर्पोरट व्यवसायीहरुलाई समेत बैंकले वित्तीय सेवा पुर्‍याउन लक्ष्य राखेको छ।

नयाँ शाखा संचालनको अवसरमा यी शाखाहरुमा खाता खोल्दा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष नि:शुल्क प्रदान गरिने भएको छ। साथै डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पनि पहिलो वर्ष छुट दिने घोषणा बैंकले गरेको छ।

धादिङ गजुरीमा आफ्नो नयाँ शाखाको शुभारम्भ भएकै दिन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गजुरी ०१, आधामारामा रहेको पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ।

सीइओ पोखरेलले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा