• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

ग्लोबल आएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

  • मङ्लबार, जेष्ठ २९, २०८१
ग्लोबल आएमई बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल युनिभर्स’

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘डिजिटल युनिभर्स’ सेवा सञ्चालनमा ल्याएको छ। अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरि यो सेवा सुरु गरिएको हो।

यससँगै डिजिटल बैंकिङतर्फ बढ्दै गएको आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै दुई दर्जनभन्दा बढी सेवाहरु बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान हुने भएको छ।

बैंकले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक सेवा ‘डिजिटल युनिभर्स’ बाट लिन सक्ने जनाएको छ।

यस्तै, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरु बैंकको वेवसाइटबाटै प्राप्त हुनेछ।

सो सेवा उपलब्ध हुन ग्राहकहरुले बैंकको वेवसाइटमा रहेकाको ‘डिजिटल युनिभर्स’ मा क्लिक गरेर सेवाहरु आफ्नो अनुकूल प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले केहि दिन अगाडिमात्रै विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरि छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको थियो। जसमा चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेसिनहरु रहेका छन्।

देशभर ग्लोबल आइएमई बैंकको को ३५४ शाखा कार्यालय रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार