• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट

  • बुधबार, जेष्ठ २३, २०८१
कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट हुने भएको छ । बैंकले बुटवल, रुपन्देही स्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा सुविधा मध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार