• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंकले पर्यावरण संरक्षणका लागि विद्युतीय गाडीको प्रयोग गर्दै

महालक्ष्मी विकास बैंकले पर्यावरण संरक्षणका लागि विद्युतीय गाडीको प्रयोग गर्दै

  • बुधबार, जेष्ठ २३, २०८१
महालक्ष्मी विकास बैंकले पर्यावरण संरक्षणका लागि विद्युतीय गाडीको प्रयोग गर्दै

महालक्ष्मी विकास बैंकले पर्यावरण संरक्षणका लागि विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै आएको छ ।

बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ ।

सोही अनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमश विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै जानेछ । यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवद्र्घन तथा दिगो विकासमा टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।

बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबार देखि २५ गते बिहिबार (तिन दिन) सम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ ।

उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार