• होमपेज
  • बीमा
  • राष्ट्रिय बीमा कम्पनीको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

राष्ट्रिय बीमा कम्पनीको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

  • बिहिबार, जेष्ठ ३, २०८१
राष्ट्रिय बीमा कम्पनीको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

राष्ट्रिय बीमा कम्पनीले जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम डोटीको सिलगढी उपशाखा कार्यलयमा सम्पन्न गरेको छ । कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परिक्षा कार्यक्रमबाट २१ जना प्रशिक्षार्थीहरु लाभान्वित भई कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमको प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

नेपालको दुर्गमम्म बीमाको सचेतना फैलाई सबै जनतालाई बीमाको दायरामा ल्याई व्यवसाय प्रवर्द्धन गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र सोही अनुसार अगी बढेको कार्यक्रमका संयोजक कम्पनीका बजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए ।
३ दिने कार्यक्रममा व्यवस्थापक देवराज घिमिरे, सह९व्यवस्थापक अर्जुन पौडेल, नायव व्यवस्थापक दिपकराज पाण्डेय र सहायक व्यवस्थापक उत्तरा रेग्मीले प्रशिक्षकको भूमिका निभाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार