सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइ विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १७६० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
बैंकको उक्त कार्यले विद्यार्थीहरुलाई वित्तीय सचेतनाको बृद्धि भएको विश्वास लिएको छ ।