• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आईएमई बैंकका १११ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आईएमई बैंकका १११ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम

  • शुक्रबार, चैत्र ९, २०८०
ग्लोबल आईएमई बैंकका १११ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आईएमई बैंक लिमिटेडले देशभरिका १११ वटा शाखा कार्यालय मार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरुको पहिचान गरी साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकले ग्लोबल मनि विक-२०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रममा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार