• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

  • आइतवार, फाल्गुन १३, २०८०
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे । उद्घाटनमा बोल्दै पाण्डेले नयाँ शाखाहरूबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ

Facebook Comments

सम्बन्धित समाचार