• होमपेज
  • बीमा
  • हिमालयन रिले बुझायो २० अर्ब पुँजी पुर्याउने योजना

हिमालयन रिले बुझायो २० अर्ब पुँजी पुर्याउने योजना

  • बिहिबार, फाल्गुन १०, २०८०
हिमालयन रिले बुझायो २० अर्ब पुँजी पुर्याउने योजना

पूँजी वृद्धि गर्न नेपाल पूनर्बिमा कम्पनीले नेपाल बिमा प्राधिकरणसँग १५ दिनको थप समय मागेको छ । प्राधिकरणले १७ माघमा पुनर्बिमा कम्पनीले २० अर्ब चुक्ता पुँजी बनाउन १५ दिनभित्र प्रस्ताव पेश गर्नुपर्ने निर्देशन दिएको थियो । प्राधिकरणले दिएको समयमा हिमालयन रि इन्स्योरेन्सले योजना पेश गरे पनि नेपाल पूनर्बिमा कम्पनीले भने थप समय मागेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सरकारी स्वामित्वमा रहेको कम्पनीले सरकारबाट स्विकृती लिएरमात्रै योजना पेश गर्न पाउँछ । कम्पनीमा ४४ प्रतिशत सेयर सरकारको छ । सरकारी स्वामित्व रहेका कारण कम्पनीले सरकारबाट स्वकृती लिएर मात्रै योजना पेश गर्ने पौडेलले बताए ।

‘हिमालयन रि इन्स्योरेन्सले यसैसाता पुँजी बढाउने योजना पेश गरिसकेको छ नेपाल पूर्नबिमा कम्पनीले भने १५ दिनको समय माग गरेको छ’ पौडेलले भने । हिमालयन रि इन्स्योरेन्सले भने हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने योजना प्राधिकरणमा पेश गरिसकेको छ । त्यसका लागि २० फागुनमा कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले आव २०७९÷८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर बितरण गर्ने र त्यस पछि कायम हुने चुक्तापूँजीमा १० सेयर बराबर ८ सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्दै छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि