• होमपेज
  • बीमा
  • प्रभु इन्स्योरेन्सले कुषि, पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने

प्रभु इन्स्योरेन्सले कुषि, पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने

  • शनिबार, फाल्गुन ५, २०८०
प्रभु इन्स्योरेन्सले कुषि, पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने

प्रभु इन्स्योरेन्स लिमिटेडले कुषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले फागुन २० गतेबाट फागुन २२ गतेसम्म उक्त तालिम संचालन गर्न लागेको हो । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा १ वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका ईच्छुक व्यक्तिले यस तालिम लिन सक्नेछन् ।

यस तालिममा सहभागि हुनका लागि नेपाली नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि (नोटरी सहित) एवंम पासपोर्ट साइजको फोटो ४ प्रति र संस्थाको हकमा सिफारिस पत्रसहित फागुन १७ गतेभित्र फाराम बुझाइसक्नु पर्नेछ ।

अभिकर्ता तालिमका लागि ७ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । तालिम बिहान ९ बजेदेखि ५ बजेसम्म संचालन गरिने र परीक्षा संचालन भने फागुन २२ गते मंगलबार बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म भर्चुअल माध्यम मार्फत हुने कम्पनीले जनाएको छ ।

यस तालिम तथा परीक्षामा सहभागि हुन ईच्छुक व्यक्तिहरुले प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालय, तिनकुने, काठमाडौंमा टेलिफोन तथा इमेल मार्फत सम्पर्क गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने