• होमपेज
  • बीमा
  • नेशनल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १७ प्रतिशतले वृद्धि

नेशनल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १७ प्रतिशतले वृद्धि

  • मङ्लबार, माघ २३, २०८०
नेशनल लाइफ इन्स्योरेन्सकाे खुद नाफा १७ प्रतिशतले वृद्धि

नेशनल लाइफ इन्स्योरेन्सले खुद नाफा बढाएकाे छ। चालु आर्थिक वर्षकाे ६ महिनामा कम्पनीकाे खुद नाफा १६.९१ प्रतिशतले वृद्धि भएकाे छ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षकाे दाेस्राे त्रैमाससम्म २५ कराेड ५१ लाख रूपैयाँ नाफा आर्जन गरेकाे छ।

पाेहाेर ६ महिनामा कम्पनीले २१ कराेड ८२ लाख रूपैयाँ खुद नाफा कमाएकाे थियाे।

कम्पनीको खुद प्रिमियम संकलन ११.२३ प्रतिशतले वृद्धि भएकाे छ। याे अवधिसम्म नेशनलले ८ अर्ब ३७ कराेड रूपैयाँ खुद प्रिमियम आर्जन गरेकाे छ।

कम्पनीकाे वार्षिक प्रतिसेयर आम्दानी १०.१८ रूपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३२.२१ रूपैयाँ छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ छ।

Facebook Comments

सम्बन्धित समाचार