• होमपेज
  • शेयर मार्केट
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

  • शुक्रबार, माघ १९, २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको माघ १९ गते शुक्रबार बिहान ९ः४५ बजे बसेको सञ्चालक समितिको ५९८ औं बैठकले यस्तो निर्णय गरेको हो ।

एफपीओ र मर्जरमा सरकारले भूतप्रभावी कर असूल्दा नाफाको रुपमा कमाएको ठूलो रकम नेपाल इन्भेष्टमेन्ट मेगा लगायतका बैंकहरुले तिर्नुपरेको थियो । सरकारको भूतप्रभावी कर असूल्ने निर्णय र त्यसमा अदालतको समेत साथका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय स्वास्थ्यमा गम्भीर असर परेको थियो । यसकै प्रभावका कारण बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले २०७९-८० को लेखापरीक्षण भई प्राप्त वासलात, २०८० असार मसान्तसम्मको नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरी बैंकको ३७ औं साधारणसभामा स्वीकृतिको निमित्त प्रस्ताव पेश गर्न नेपाल राष्ट्रबैंकको अनुमतिका लागि पेश गर्ने गरी वित्तीय विवरणहरु स्वीकृत समेत गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार