• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकद्वारा पथलैया स्थीत जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा पथलैया स्थीत जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सहयोग प्रदान

  • बिहिबार, माघ १८, २०८०
सिटिजन्स बैंकद्वारा पथलैया स्थीत जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जीतपुरसिमरा ०१ पथलैयामा अवस्थित जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको जेष्ठ नागरिक सम्मान वृद्धा आश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब तीन महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री लगायत अन्य सामाग्री उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ ।

वृद्धाआश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिकहरु समाजका एक अभिन्न अंग भएका र उनीहरुलाई सहयोग प्रदान गर्न पाँउदा गौरवान्वित महशुस गरेको र समाज प्रतिको उत्तरदायित्व वोध गरेको कुरा व्यक्त गर्नुभयो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार