• होमपेज
  • प्रविधि
  • फोनप्वाइन्टस र ई–सेवा बीच साझेदारी,रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य

फोनप्वाइन्टस र ई–सेवा बीच साझेदारी,रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य

  • बिहिबार, माघ ४, २०८०
फोनप्वाइन्टस र ई–सेवा बीच साझेदारी,रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य

ई–सेवा र फोनपोइन्ट प्रालि बीच साझेदारी भएको छ । बुधबार एक कार्यक्रमका बीच ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र फोन पोइन्टस्का प्रमुख कार्यकारी अधिकृत सागर पौडेलका बीच सम्झौता भएको हो ।

सम्झौता अनुसार ई–सेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टस्ले गर्नेछ । फोन पोइन्टस्ले ई–सेवाको रिवार्ड, लोयल्टी तथा अन्य पुरस्कार कार्यक्रमको व्यवस्थापनमा प्रमुख साझेदारको रूपमा काम गर्नेछ ।

साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सम्झौताले लोयल्टी पुरस्कार व्यवस्थापनमा सकरात्मक प्रभाव पार्ने आशा व्यक्त गरे ।

यो सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्वपूर्ण फड्को मार्ने आशा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार