• होमपेज
  • बीमा
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दियो लुम्बिनी प्रदेशका ६५ जना कर्मचारीलाई प्रशिक्षण

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दियो लुम्बिनी प्रदेशका ६५ जना कर्मचारीलाई प्रशिक्षण

  • आइतवार, पुस २९, २०८०
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दियो लुम्बिनी प्रदेशका ६५ जना कर्मचारीलाई प्रशिक्षण

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको लुम्बिनी प्रदेश स्थित बुटवलमा पुष २७ र २८ गते आयोजना गरिएको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो । कम्पनीले नेपाम बीमा प्राधिकरणको निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धी गर्ने काम नियमित रुपम गरिरहेको छ ।

नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पुर्ण बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका बिषयहरुमा अन्तरकृयात्मक प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा कम्पनिका सहायक महाप्रबन्धक द्वय कविराज पौडेल तथा सुभाष दिक्षित तथा अन्य विभागीय प्रमुखद्वारा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

उक्त प्रस्तुतिकरणमा प्रस्तुत तथा विवेचना गरिएकाका विषयले कर्मचारिहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । मर्जर पश्चात सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले बजार बिस्तार र ग्राहक सेवालाई पहिलो प्राथमिकता दिएको छ । बजार बिस्तार लगायत ग्राहक सेवामा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुन्छ, यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीहरुलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीहरुलाई समेत उतिकै दक्ष बनाउने रणनीति बनाएको छ ।

बीमा कम्पनीहरु काठमाडौँ तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहदै आएकोमा मर्जर पश्चात आफ्नो व्यावसायिक क्षमतालाई अधिकतम उपयोग गर्दै ग्रामिण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । यसै क्रममा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सको यो कार्य सह्रानिय देखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा