• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंक र हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीज बीच छूट दिने समझदारी

सिटिजन्स बैंक र हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीज बीच छूट दिने समझदारी

  • सोमवार, मंसिर ११, २०८०
सिटिजन्स बैंक र हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीज बीच छूट दिने समझदारी

सिटिजन्स बैंक इन्टरनेशनल र हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीज बीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने कम्पनीले बताएको छ ।

साथै उसले कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।

कम्पनीले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७५ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार