• होमपेज
  • प्रविधि
  • कनेक्ट आईपीएसमा ‘रिफर अ फ्रेन्ड’ अफर

कनेक्ट आईपीएसमा ‘रिफर अ फ्रेन्ड’ अफर

  • शुक्रबार, भदौ २९, २०८०
कनेक्ट आईपीएसमा ‘रिफर अ फ्रेन्ड’ अफर

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्।

उक्त अफरअन्तर्गत भदौ १७ गतेदेखि मंसिर १६ गतेसम्म रिफररले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले रु. २५ र रिफरीले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ। रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरेपश्चात रिफररले रु. २५ आफ्नो बैंक खातामा र रिफरीले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्नेछ।

रिफररले आफ्नो रिफरल कोडसँगै लिंक पनि सेअर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछ।

रिफरीको लिंक गरिएको खाता भेरिफाई भएपश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ति एक सजिलो माध्यम हो। कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार रु. २० लाखसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार रु. २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ। यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपालपे क्यूआरलगायतका थुप्रै प्रकारका भुक्तानी गर्न सकिन्छ। कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५० सदस्य बैंक तथा वित्तीय संस्थामार्फत रु. ४१ खर्ब २६ अर्बबराबरको ५ करोड ५ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि