• होमपेज
  • बीमा
  • मोटर बीमा सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझायो बीमक संघलाई प्रतिवेदन

मोटर बीमा सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझायो बीमक संघलाई प्रतिवेदन

  • आइतवार, भदौ १७, २०८०
मोटर बीमा सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझायो बीमक संघलाई प्रतिवेदन

तेस्रो पक्षको मोटर बीमा सम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बीमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई बुझाएको छ। समितिका संयोजक एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले प्रतिवेदन बीमक संघका अध्यक्ष क्षेत्रीलाई बुझाएका हुन्। प्रतिवेदन बुझ्दै संघका अध्यक्ष क्षेत्रीले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

स्थलगत अध्ययन गरी हाल थप भएका यातायात कार्यालय र पुललाई थप व्यवस्थित गर्न के गर्न सकिन्छ भन्ने बारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदनलाई हेरेर कार्यान्वयन गनुपर्ने पाटोको बिषयमा छलफल गर्ने अध्यक्ष क्षेत्रीले बताएका छन् । उनले अध्ययनमा औँल्याएका विषयवस्तु कार्यान्वयन गर्न प्राधिकरणमा पहल गर्ने बताए। उनले काम सम्पन्न गरेकामा अध्ययन टोलीलाई धन्यवादसमेत दिए।

सुनिल बल्लभ पन्तको संयोजकत्वमा सदस्यद्धय प्रभु इन्स्योरेन्सको सिईओ संचित बज्राचार्य र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको सिईओ शेखर बरालले तयार पारेको उक्त प्रतिवेदन संघमा बुझाएको हो ।

प्रतिवेदनमा हाल थप भएका यातायात कार्यालय र पुललाई थप व्यवस्थित गर्न के गर्न सकिन्छ भन्ने रहेको संघले जनाएको छ । कमिटिले संघमा उक्त प्रतिवेदन प्रस्तुती दिएका थिए । मोटर बीमालाई थप सरलीकृत, सहजीकरण र प्रभावकारी बनाउन यो कमिटि गठन गरेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर