• होमपेज
  • बीमा
  • आई. एम. ई. लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न

आई. एम. ई. लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न

  • शुक्रबार, भदौ १५, २०८०
आई. एम. ई. लाईफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न

आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शुक्रवार होटेल ह्यात रिजेन्सीमा एक भव्य समारोह बीच “आई. एम. ई. लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३” सम्पन्न भएको छ । कम्पनीले देशेभरिबाट उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । देशैभरिबाट उपस्थित भएका ३०० भन्दा बीमा अभिकर्ता र एजेन्सी म्यानेजरहरु कम्पनीले प्रदान गरेको पुनर्ताजगी तालिम लिएर उत्साहसाथ कार्यक्षेत्रमा फर्किएका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भई अहोरात्र खटिँदै आएका अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्यले आयोजित कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनिले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्ने गर्ने कार्यक्रम अन्तर्गत आज भव्य सम्मानसहित तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

अवार्ड वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकाल लगायत कम्पनीका संचालक समितिका सदस्यहरुको उपस्थिति थियो भने सिईओ कवि फुयाँलले उत्प्रेरणामूलक तालिम प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले बीमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पु¥याउनुका साथै अभिकर्ताको रुपमा स्व–रोजगारको समेत अवसर दिएको बताउँदै अभिकर्ताहरुले गाउँ गाउँमा पुगेर बीमा सचेतना फैलाएर समाज सेवा र व्यवसाय गर्न हौसला प्रदान गरेका छन् ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष हेमराज ढकालले कम्पनीले छैंटौ वार्षिकोत्सव भर्खरै मात्रै सम्पन्न गरेको र पछिल्ला ६ वर्षको अवधिमा कम्पनिले उत्साहजनक गति लिएको उल्लेख गर्दै प्रविधिको उपयोग गर्दै सेवा प्रवाह गर्ने क्षेत्रमा आई. एम. ई. लाइफले पहल गर्दै फड्को मारिरहेको कुरामा जोड दिए । साथै अध्यक्ष ढकालले बीमा अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएकोले आपसी कार्यक्रममा अघि बढाउने बताए ।

कार्यक्रममा आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा पेशालाई सम्मानित बनाउन हरेक बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिकामा आउनुपर्ने र त्यसका लागि स्व–अध्ययनका साथै कम्पनीले उनीहरुको व्यवसायिक क्षमता वृद्धिका लागि थप तालिमहरुको आयोजना गरि सहयोग गरिरहने बताए । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । सिईओ फुयाँलले आगामी समयमा कम्पनीले नयाँ प्रोडक्ट सार्वजनिक गर्ने जानकारी दिंदै डिजिटल सेवा प्रवाहलाई जोड दिइने बताए । हालै मात्र जनसाधारणको लागि शेयर सार्वजनिक गरिएकोमा सम्पूर्ण लगानीकर्ताहरुले उत्साहजनक रुपमा सहभागिता जनाएकोमा समेत प्रमुख कार्यकारी अधिर्कत फुयालले खुशी ब्यक्त गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्ता लगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उत्कृष्ट शाखा एवं शाखा प्रमुखलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका निर्देशकहरु दीपचन्द्र रेग्मी, विनोद केसी, उषा ढकाल लगायतले अवार्ड वितरण गरेका थिए । उक्त कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, कोशी प्रदेश प्रमुख मिलन दाहाल लगायतका व्यक्तिहरुले कम्पनी, मुलुक र समाजमा अभिकर्ताका भुमिकाका बारेमा प्रकाश पारेका थिए ।

तालिम तथा सम्मान कार्यक्रमपछि थप हौसला मिलेको तथा कार्यक्षेत्रमा नतिजामुखी काम गर्न सकिने विश्वास बढेको बिजनेश एक्सिलेन्स अवार्डमा सहभागी बीमा अभिकर्ताहरुले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर