• होमपेज
  • शेयर मार्केट
  • कहिलेसम्म कायम सेयरधनीले अपर तामाकोशीको १००% हकप्रद सेयर भर्न पाउँछन् ?

कहिलेसम्म कायम सेयरधनीले अपर तामाकोशीको १००% हकप्रद सेयर भर्न पाउँछन् ?

  • सोमवार, साउन १५, २०८०
कहिलेसम्म कायम सेयरधनीले अपर तामाकोशीको १००% हकप्रद सेयर भर्न पाउँछन् ?

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको निर्णयबमोजिम हकप्रद सेय रनिष्कासनका लागि यही साउन २६ गते एक दिनका लागि बुक क्लोज गरिने भएको छ। यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।

गत असार २२ गते अपर तामाकोशीलाई नेपाल धितोपत्र बोर्डले चुक्तापुँजीको १ः१ को अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद निष्कासनको स्वीकृति दिएको थियो।

हाल अपर तामाकोशीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। अब यो कम्पनीले १०० अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ।

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

अपर तामाकोशीको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल छन्।

Facebook Comments

सम्बन्धित समाचार