• होमपेज
  • बीमा
  • एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभाबाट ६६% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभाबाट ६६% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

  • सोमवार, साउन १५, २०८०
एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभाबाट ६६% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाबाट हकप्रद सेयर ल्याउने विशेष प्रस्ताव स्वीकृत भएको छ।  काठमाण्डौमा आज सम्पन्न कम्पनीको विशेष साधारणसभाले चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको १ः०.६६ अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।

सभामा कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले गत आर्थिक वर्ष २०७९–८०को कार्यप्रगतिबारे जानकारी गराएका थिए। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९को तुलनामा गत आर्थिक वर्ष २०७९–८०मा १.८९ प्रतिशतले वृद्धि भई कुल बीमाशुल्क २ अर्ब ४१ करोड आर्जन गर्न सफल भएको वाग्लेले जानकारी दिए।

कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँको कुल दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९४ करोड रुपैयाँ थियो। कम्पनीको कुल दाबी भुक्तानी रकम अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ करोड अर्थात १०.८३ प्रतिशतले वृद्धि भएको सभामा जानकारी गराइएको थियो।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा