एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभाबाट हकप्रद सेयर ल्याउने विशेष प्रस्ताव स्वीकृत भएको छ। काठमाण्डौमा आज सम्पन्न कम्पनीको विशेष साधारणसभाले चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको १ः०.६६ अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।
कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँको कुल दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९४ करोड रुपैयाँ थियो। कम्पनीको कुल दाबी भुक्तानी रकम अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ करोड अर्थात १०.८३ प्रतिशतले वृद्धि भएको सभामा जानकारी गराइएको थियो।