• होमपेज
  • शेयर मार्केट
  • अपांगता संरक्षण नेपालका सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम

अपांगता संरक्षण नेपालका सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम

  • आइतवार, साउन १४, २०८०
अपांगता संरक्षण नेपालका सदस्यलाई प्रभु क्यापिटलको सेयर तालिम

प्रभु क्यापिटल लिमिटेडले बहिरा अपांगता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा सेयर बजार सचेतना एवं वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

अपांगता संरक्षण नेपालमा आबद्ध सदस्यहरुमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुआती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो।

तालिम सञ्चालन प्रभु क्यापिटलको मार्केटिङ एसोसिएट विनय अधिकारीले गरेका थिए। तालिममा पुँजीबजारमा सुरुआती प्रवेश के–कसरी गर्ने, मेरो सेयर के–कसरी चलाउने, सेयरबजारसम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तर्क्रिया गरिएको थियो।

शारीरिक तथा मानसिक कमी–कमजोरी भई अपांगता भएका ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटलमार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निःशुल्क पाउने व्यवस्था रहेको अधिकारीले जानकारी दिए।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजीबजारसँग सम्बन्धित तालिम, विविध कार्यशाला तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि