• होमपेज
  • वाणिज्य बैंक
  • हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा

  • बुधबार, साउन १०, २०८०
हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा

चितवनस्थित हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो । सोही व्यवस्थाअनुसार बैंकका खातावलाको कूल दायित्व र ऋणीको ऋण रकम हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार कर्मचारी र केही संघ संस्थाले जिल्ला हुलाक कार्यालयअन्तर्गत बैंकिङ शाखामार्फत कारोबार गरिरहेका थिए ।

सय ९ जनाको दायित्व र ऋण लगानीको विवरण मंगलबार राष्ट्रिय वाणिज्य बैंक नारायणगढ शाखाका सहायक शाखा प्रबन्धक कोपिलादेवी शर्मा आचार्यलाई हुलाक अधिकृत ज्ञवालीले हस्तान्तरण गरे । ‘खातावलाको विवरण, बचत रकम, ऋण लगानीको सम्पूर्ण विवरण असार ३१ गते नै बुझाएका हौं,’ उनले भने,’ ‘वाणिज्य बैंकले सबैको खाता खोलेर अपडेट गरेपछि रकम हस्तान्तरण गरेका छौं ।’ हुलाक बचत बैंकमा १ करोड ७९ लाख ६७ हजार ३ सय  ४५ रुपैयाँ बचत भएकामा ५७ लाख ३ हजार ३ सय ३० रुपैयाँ ऋण लगानी भएको कार्यालयले जनाएको छ ।

बाँकी १ करोड २२ लाख ६४ हजार १५ रुपैयाँ कार्यालयले वाणिज्य बैंकलाई बुझाएको हो । अब ऋण लगानी भएको रकम वाणिज्य बैंकले नै उठाउने प्रमुख ज्ञवालीले बताए । जिल्ला हुलाक कार्यालयको बैंकिङ शाखामा तीन कर्मचारी कार्यरत थिए । सबै कर्मचारी अब जिल्ला हुलाक कार्यालयमा नै कार्यरत हुनेछन् । हुलाक बैकमा प्रतिव्यक्ति अधिकतम ४ लाख ५० हजार रुपैयाँसम्म लगानी भएको छ भने १० लाख रुपैयाँसम्म बचत गरिएको छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आर्थिक वर्ष २०३२/३३ सालदेखि सर्वसाधारणको बचत संकलन गर्ने र आर्थिक वर्ष २०६०/६१ देखि ऋण लगानीसमेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप संकलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारी रहँदै आएका थिए । विगतमा बचतका लागि अरू बैंक, सहकारी, वित्तीय संस्था नभएको अवस्थामा हुलाक बचत बैंकको महत्व धेरै भए पनि अहिले कम हुँदै गएको ज्ञवालीले बताए ।

‘प्रशासनिक कार्यालयमा बैंकिङ कारोबार गर्न समस्या भएको थियो । आधुनिक सफ्टवेयर थिएन, पुरानै ढड्डाको युगमा थियौं। एटिएम र मोबाइल बैंकिङ थिएन ।  पैसा लिन यही कार्यालयमै आउनुपर्ने बाध्यता थियो,’ उनले भने ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा