• होमपेज
  • कर्पोरेट
  • साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार सुरु

साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार सुरु

  • आइतवार, असार २४, २०८०
साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार सुरु

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरू भएको छ । आइतबार (असार २४ गते) एक कार्यक्रमको आयोजना गरी साना किसान लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

दुवै लघुवित्त संस्था १००:८७ सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)मा मर्ज भएका हुन् । अर्थात् आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर हुनेले साना किसान लघुवित्तको ८७ कित्ता सेयर प्राप्त गर्ने छन् ।

मर्जरपश्चात् लघुवित्तको सञ्चालक समिति अध्यक्षमा खेम बहादुर पाठक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवराम प्रसाद कोईराला नियुक्त भएका छन् । यस्तै, लघुवित्तको सञ्चालकमा संस्थापक समूहबाट डा.बाबुकाजी थापा, जयेन्द्र विक्रम शाह र समता पन्त (भट्ट) रहेका छन् । साथै, सर्वसाधारण समूहबाट उमेश लम्साल र भीमप्रसाद तिमल्सिना सञ्चालक चयन भएका छन् ।

पश्चात लघुवित्तको चुक्ता पूँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको सीईओ कोइरालाले जानकारी दिए । उनका अनुसार लघुवित्तको कूल पूँजी ८ अर्ब १२ करोड पुगेको छ । उनले पूँजी र कारोबारका आधारमा लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो लघुवित्त संस्था बनेको दाबी गरे । लघुवित्त संस्थाले ७६ जिल्लाका ५५२ स्थानीय तहका लघुवित्त संस्था, साना किसान सहकारी र अन्य सहकारी गरी १ हजार ५७० साझेदार संस्थाहरुमा ४५ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

दुवै लघुवित्तको गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए । गत भदौ ३१ गते दुवै लघुवित्तबीच प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि